Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनी नागरिकलाई जेलेन्स्कीको आग्रह - रुसी आक्रमणको सामना गरी क्रिसमस मनाउनू

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना नागरिकलाई रुसी आक्रमणको सामना गर्दै क्रिसमस मनाउन आग्रह गरेका छन् ।

क्रिसमस दिवसका अवसरमा उनले देशको स्वतन्त्रता अहिलेका लागि सबैभन्दा ठूलो मूल्य रहेको बताएका हुन् ।

रुसको क्षेप्यास्त्र र ड्रोन आक्रमणका कारण अहिले लाखौँ युक्रेनी बिजुलीविहीन छन् । चिसोमा उनीहरु कष्टकर दैनिकी बिताउन बाध्य छन् । धेरै युक्रेनीका लागि क्रिसमस पनि अँध्यारो र चिसोमा नै बित्नेछ ।

युक्रेन सरकारले सकेसम्म छिट्टै विद्युत् सेवा सञ्चालनमा ल्याउने प्रयास गरिरहेको जनाएको छ । युक्रेनको दक्षिणी खेरसन सहरमा रुसी हवाई आक्रमण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077