Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले प्रदेश १ संसदीय दलको बैठक सुरु

विराटनगर । नेकपा एमाले प्रदेश १ का नव निर्वाचित प्रदेश सभा सदस्यहरूको बैठक सुरु भएको छ ।

एमालेबाट निर्वाचित ज्येष्ठ सदस्य रोहित बहादुर कार्कीको अध्यक्षतामा बैठक सुरु भएको हो ।

नेकपा एमाले प्रदेश कमिटीले बोलाएको बैठकले प्रदेश १ को संसदीय दलको नेता छान्ने छ ।

एमाले संसदीय दलको नेतामा स्थायी कमिटी सदस्य हिक्मत कार्कीलाई छान्ने सम्भावना रहेको छ । एमाले श्रोतका अनुसार उनलाई संसदीय दलको नेता बनाउने पार्टीले निर्णय गरेको छ ।

एमालेमा दलको नेताका रूपमा हिक्मत बाहेक अरू नेताहरूले औपचारिक घोषणा गरेका छैनन् ।

प्रदेश १ संसद्को सबैभन्दा ठूलो दल एमालेका ४० सांसद छन् । प्रदेश १ मा एमालेले प्रत्यक्षतर्फ २५ जना र समानुपातिकतर्फ १५ जना सांसद जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077