Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

वर्षमानलाई ओलीले भने - तपाईं स्वास्थ्यलाभ गरेर फर्किनु राम्रै भयो, अब सबै चिज अघि बढ्यो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्य लाभ गरी फर्किँदा दुई तरिकाले राम्रो भएको बताएका छन्।

एमाले-माओवादी गठबन्धनमा सरकार निर्माणमा सक्रिय आइतबार नेता पुन दिउँसो बालकोट पुगेपछि ओलीले यस्तो बताएका हुन्।

ओलीले भने, ‘तपाईं स्वास्थ्य लाभ गरेर फर्किनुभयो राम्रै भयो अब चिज अघि बढ्यो।’ माओवादी केन्द्रका उपमहासचिव पुन केही समय अगाडि चीनबाट स्वास्थ्योपचार गरी फर्किएका हुन्।

स्वास्थ्यलाभ गरेर फर्किए यता उनी एमाले(माओवादी गठबन्धनमा सरकार निर्माणका लागि एमालेका दोस्रो तहका नेताहरूसँग निरन्तर संवादमा थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077