Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

महोत्तरीमा शरीरमा आगो लगाएर एक मजदुरको हत्या

महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकामा एक जना मजदुरको विभत्स ढंगले हत्या गरिएको छ।

सम्सी गाउँपालिका वडा नम्बर २ पर्सादेवाडका ४९ वर्षीय मोहम्मद खुर्सैद अन्सारीलाई मलद्वारमा पेट्रोल छर्केर आगो लगाई हत्या गरिएको हो।

अन्सारीको हत्यामा संलग्न रहेको आरोपमा पर्सादेवाडकै ३५ वर्षीय मो. अब्दुल सलामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

गत बुधबार अन्सारीको मलद्वारमा आगो लगाएर अचेत अवस्थामा उनकै घर अगाडि फालेर सलाम भागेका थिए। अचेत अवस्थामा रहेका उनलाई जनकपुरधामस्थित जानकी हेल्थ केयरमा उपचार चलि रहेकै अवस्थामा मृत्यु भएको छ।

अन्सारी मजदुरी गरेर कमाई गर्ने गर्थे। सलामले पनि अन्सारीलाई घरमै काम गर्नका लागि बोलाएका थिए।

घटनामा संलग्न अन्य दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077