Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमतिपत्रमा हस्ताक्षर हुँदै

    प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमतिपत्रमा हस्ताक्षर हुँदै

    अनलाइन नेपाल
  • आइतबार, १० पुष २०७९
  • 705
    SHARES

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी भएको सहमतिपत्र तयार गरिँदै छ ।

    ‘प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ । यसको ड्राफ्ट तयार हुँदै छ,’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताएका छन् ।



    उनका अनुसार सहमतिपत्रको ड्राफ्ट बनाउने कार्यमा एमालेबाट विष्णु पौडेल, शंकर पोखरेल, विष्णु रिमाल र माओवादीबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ र वर्षमान पुन छन् ।



    बालकोटमा भएको छलफलमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी र जनमत पार्टीको समर्थन रहने भएको छ ।

    अब संविधानको धारा ७६ को उपधारा २ बमोजिम वहुमत पेश गर्दै राष्ट्रपतिसमक्ष शीर्ष नेताहरुले सरकार गठनको दाबी पेश गर्न जाँदैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार