Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • प्रधानमन्त्रीमा दावी पेश गर्न प्रचण्ड र ओली राष्ट्रपति निवासमा

    प्रधानमन्त्रीमा दावी पेश गर्न प्रचण्ड र ओली राष्ट्रपति निवासमा

    अनलाइन नेपाल
  • आइतबार, १० पुष २०७९
  • 639
    SHARES

    काठमाडौं । नयाँ सरकार गठनका लागि बहुमत सांसद संख्याको दाबीसहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू शीतल निवास पुगेका छन् ।

    राष्ट्रपति कार्यालयले माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव सहित प्रतिनिधिसभाका बहुमत सदस्यहरुको पत्र दर्ता भएको जनाएको छ ।



    राष्ट्रपति कार्यालयका प्रेस विज्ञ टीका ढकालका अनुसार, माओवादी केन्द्र सहित एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीका सांसदहरुको हस्ताक्षर सहितको पत्र आइपुगेको हो ।



    बालकोटमा सम्पन्न बैठकमा साढे २ वर्षका लागि प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार