काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नयाँ बन्ने सरकार गठनमा सहयोग गर्ने भएको छ । सरकार निर्माणमा अनिर्णयको बन्दी नबन्ने राप्रपाले जनाएको हो ।
आइतबार बसेको आकस्मिक बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको एक नेताले बताए ।
उनका अनुसार राप्रपाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने निर्णय गरेको छ ।
एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा नयाँ सरकार गठनबारे छलफलपछि राप्रपाले पदाधिकारी बैठक डाकेको थियो । सो बैठकले नयाँ सरकार बनाउन संख्या नपुग्ने अवस्थामा अनिर्णयको बन्दी नबन्ने निर्णय गरेको छ ।