Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बालकको शव सेफ्टी ट्यांकीमा, ५० लाख फिरौती नपाउँदा हत्या !

    बालकको शव सेफ्टी ट्यांकीमा, ५० लाख फिरौती नपाउँदा हत्या !

    अनलाइन नेपाल
  • आइतबार, १० पुष २०७९
  • 972
    SHARES

    फाइल फोटो

    पर्सा । पर्सामा एक बालकको हत्या गरी शौचालयको सेफ्टी ट्यांकीमा फालिएको अवस्थामा शव भेटिएको छ । वीरगन्जमा झण्डै एक महिनापहिले अपहरणमा परेका निरज पासवानको शव खल्वा टोलमै रहेको गुरुकुल पन्ना बोर्डिङ स्कुलको शौचालयको सेफ्टी ट्यांकीमा भेटिएको हो ।

    वीरगन्ज महानगरपालिका–२५ सिर्सिया खल्वा टोलका श्रीमान् पासवानका १५ वर्षीय छोरा निरजको शव सेफ्टी ट्यांकीमा फेला परेको प्रहरीले जनाएको छ ।



    वीरगन्जको मीना बजारमा मासु पसल सञ्चालन गर्दै आएका श्रीमान् पासवानका छोरा निरज गत मंसिर ५ गते सम्पर्कविहीन भएका थिए । मंसिर ६ गते अभिभावकले वडा प्रहरी कार्यालय बिर्तामा निरजको खोजतलासका लागि निवेदन दिएका थिए ।



    त्यसको चार–पाँच दिनपछि अपरिचित व्याक्तिहरूले बुबा श्रीमान् पासवानलाई मोबाइलमा फोन गरेर ५० लाख रुपैयाँ फिरौती माग गरेपछि निरज अपहरणमा परेको खुलासा भएको थियो । त्यसपछि निरजका बुबा श्रीमान् पासवानले आफनो छोरा अपहरणमा परेको र अपहरणकारीले ५० लाख फिरौती मागेको जानकारी प्रहरीकोमा गराएका थिए ।

    प्रहरीले निरजको खोजतलाशका क्रममा अपहरणमा संलग्न रहेको आशंकामा एक हप्ता पहिले दुईजना स्थानीयलाई नियन्त्रणमा लिएको थियो । उनीहरूले दिएको बयानका क्रममा आइतबार प्रहरीले विद्यालयको शौचालयको सेफ्टी ट्यांकीभित्रबाट निरजको शव फेला पारेको हो । घटनामा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिएको र शंकास्पद अन्यको पनि खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार