Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

माओवादी पदाधिकारी बैठक बस्दै, ‘ब्रिफिङ’ गर्दै प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । प्रधानमन्त्रीमा अध्यक्ष प्रचण्ड नियुक्त भएसँगै माओवादीले पदाधिकारी बैठक बोलाएको हो ।

बैठक सोमबार बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ । बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुने बताइएको छ ।

बैठकमा नवनियुक्त प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ‘प्रचण्ड’ले वर्तमान परिस्थिति बारे ‘ब्रिफिङ’ गर्ने बताइएको छ ।

त्यसैगरी ११ बजे सत्ता गठबन्धनको बैठक बोलाइएको छ । गठबन्धनको बैठक संसद् भवन नयाँ बानेश्वरमा तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077