Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

माओवादीबाट नारायणकाजी श्रेष्ठको नाम उपप्रधानमन्त्रीमा सिफारिस

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मन्त्री बन्ने भएका छन् ।

पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने प्रस्ताव गठबन्धन बैठकमा लैजाने निर्णय गरेको हो । सत्ता गठबन्धनको बैठक अहिले केही बेरपछि बस्दै छ ।

बैठकमा नयाँ मन्त्रिमण्डल गठन लगायतका विषयमा छलफल हुनेछ । श्रेष्ठ हाल राष्ट्रिय सभाका सदस्य रहेका छन् । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज अपराह्न प्रधानमन्त्रीको शपथ लिँदैछन् ।

आज नै सानो आकारको मन्त्रिमण्डल बनाउने प्रचण्डको तयारी छ । मन्त्रालयको विषयमा टुङ्गो लगाउन शपथ अघि सत्तारुढ गठबन्धनको बैठक बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077