Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

प्रचण्डसँगै नारायणकाजीले पनि शपथ खाँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपप्रधानमन्त्रीको रूपमा शपथ लिने भएका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा सरकारमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई उपप्रधानमन्त्रीको रूपमा पठाउने टुङ्गो लागेको हो ।

आज माओवादी केन्द्रका तर्फबाट अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र श्रेष्ठले शपथ लिँदै छन् ।

श्रेष्ठलाई कुन मन्त्रालय दिने भन्ने बारे टुङ्गो लागि सकेको छैन । माओवादीले श्रेष्ठलाई उपप्रधान तथा परराष्ट्रमन्त्री बनाउने प्रस्ताव पेस गर्नेछ ।

श्रेष्ठ हाल राष्ट्रिय सभाका सदस्य रहेका छन् । शपथग्रहण राष्ट्रपति भवन शीतल निवासमा अपराह्न ४ बजे हुनेछ ।

आज नै सानो आकारको मन्त्रिमण्डल बनाउने प्रचण्डको तयारी छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077