Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सिके राउतले भने - म मन्त्री हुने निश्चित छैन, तर मधेसमा मुख्यमन्त्री दाबी गर्छौं

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले पार्टीले मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्ने बताएका छन्।

सत्ता गठबन्धनको नयाँ बानेश्वरमा बसेको बैठकमा सहभागी हुन पुगेका राउतले यस्तो बताएका हुन् । सरकारमा आफैं जाने नजानेबारे भने यकिन भइनसकेको जनमतका अध्यक्ष राउतले बताए ।

मधेस प्रदेशमा भने आफ्नो दल निर्णायक भएकाले मुख्यमन्त्रीमा दाबी गरेको उनले सुनाए ।

उनले भने, ‘संख्याको हिसावले हामीले केन्द्रमा धेरै दाबी गर्न मिल्दैन । म मन्त्री हुने निश्चित छैन। तर प्रदेशमा हामीले मुख्यमन्त्री दाबी गर्छौं।’

उनले जनमत पार्टी नयाँ भएकोले जनताका आशा धेरै रहेको बताए। उनले आफुले सकेसम्म जनताको आशाप्रति खरो निर्णयको पक्षमा उभिने निर्णय लिएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077