काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।
सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेपछि सिंहदरवारस्थित श्रेष्ठले पदभार ग्रहण गरेका हुन् ।
कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले भ्रष्ट्राचारको प्रभावकारी नियन्त्रण गर्नु र अनियमिततालाई कडाइपूर्वक रोक्नु सरकारको पहिलो काम हुने बताएका छन् ।
जनताले कानुनसम्मत रहेका कुनै पनि कामलाई भनसुन नगरीकन र घुस नखुवाईकन गर्न सक्ने बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाई छ ।
सुरुमा परराष्ट्र मन्त्री बन्ने इच्छा देखाएका श्रेष्ठले अन्त: भौतिक मन्त्रालय रोजेका हुन्।