Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

काठमाडौंमा डेरा खोज्दै सिके राउत, भन्छन् - डेरा खोज्नै गार्‍हो, आज पनि जाँदैछु

काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत ‘सिके’ ले काठमाडौंमा बस्न डेरा/घर खोज्नै गाह्रो भएको टिप्पणी गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेपछि राउत काठमाडौंमा डेरा खोज्न थालेका हुन् ।

सत्ता गठबन्धनमा जोडिएका राउतले आफू काठमाडौंमा घररडेरा खोजिरहेको बताए । ‘काठमाडौं बस्न डेरा/घर खोज्नै गाह्रो, आज पनि जाँदैछु,’ उनले ट्वीट गरेका छन् ।

उनले घ्याम्पेडाँडास्थित पाइलटबाबा आश्रमको फोटो समावेश गर्दै अगाडि भनेका छन्, ‘यस्तै डाँडाकाँडातिर बसौँबसौँ लाग्ने ।’ जनमत सरकारमा गए पनि सिके भने आफू मन्त्री बनेका छैनन् ।

४ मंसिरमा भएको संसदीय निर्वाचनमा राउत नेतृत्वको दलले ६ सिट (एक प्रत्यक्ष र पाँच समानुपातिक) जित हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077