Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

अर्थमन्त्रीले वार्तामा बोलाएपछि आन्दोलनमा उत्रिएका व्यवसायीले गरे आन्दोलन स्थगित

विराटनगर । अर्थमन्त्री विष्णु पौडेलले वार्ता गर्न बोलाएपछि ‘चर्को ब्याजदर र प्रतिकुल बैकिङ नीति’ विरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका मोरङका उद्योगी व्यवसायीले सबै आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्।

पौडेलले कार्यभार सम्हाले लगत्तै विराटनगरमा आन्दोलनमा रहेका उद्योगीलाई वार्तामा आउन आग्रह गरेका हुन् । राष्ट्र बैंकको विराटनगर कार्यालयको प्रवेशद्वार अघि उद्योगी दैनिक धर्नामा बसिरहेका थिए ।

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले अर्थमन्त्रीले वार्तामा बोलाएसंगै आजबाट आन्दोलनमा सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन् ।

चर्को बैंक ब्याजदरविरुद्ध संघ, उद्योग संगठन, नेपाल उद्योग परिसंघ सहितका व्यवसायिक संस्थाले आन्दोलनमा थिए । मोरङ व्यापार संघ, नेपाल उद्योग परिसंघ, उद्योग संगठन मोरङ, विराटनगरव्यापार संघ लगायतका प्रतिनिधिमुलक संस्थाबाट बार्ताको लागि जाने तयारी भईरहेको भएपनि सरकारसंगको बार्ताको मिति भने तय भईनसकेको रिजालले जानकारी दिए।

सात सदस्यी उद्योगी व्यवसायीको टोली आजै छलफल र वार्ता गर्न काठमाडौं जाने भएको छ ।

उद्योगी व्यवसायीहरुले चालु पुँजी कर्जा निर्देशिका खारेज गर्नुपर्ने,एकल अंकको ब्याजदर कायम गर्नुपर्ने,स्प्रेड दर र संस्थागत ब्याजदर २–२ प्रतिशत कायम गर्नुपर्ने तथा बैंकर र व्यवसायीलाई अलग गर्नुपर्ने लगायतका माग अघि सारेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077