Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • माधव नेपालको गुनासो – गठबन्धनमा कांग्रेस र माओवादी दुवैतिरबाट अपमानित भयौं

    माधव नेपालको गुनासो – गठबन्धनमा कांग्रेस र माओवादी दुवैतिरबाट अपमानित भयौं

    अनलाइन नेपाल
  • मंगलबार, १२ पुष २०७९
  • 567
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा कांग्रेस र माओवादी दुवै पक्षबाट पीडित भएको बताएका छन् ।

    पार्टी कार्यालयमा मंगलवार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले एउटा सीट लिनका लागि गठबन्धनमा आफूहरुले दुवैको अपमान सहनु परेको बताए ।



    नेपालले भने,’हामी त कांग्रेस र माओवादी दुवैबाट पीडित भयौं । कांग्रेसले पनि हामीलाई हेप्यो,माओवादीले पनि हेप्यो ।



    हाम्रो शक्तिलाई अपमान गरे । तर कांग्रेस र माओवादीले सहयोग गरेरै कतिपय सीट जितेका छौं । त्यसैले साथ र घात दुवै पायौं ।’

    नेपालले माओवादीले साथ दिएको भए प्रकाश ज्वाला चुनाव नजित्ने र कांग्रेसले साथ नदिएको भए बझाङमा भानुभक्त जोशी पनि नजित्ने दृष्टान्त समेत दिए । उनले दुवै पक्षको विवादकै कारण गठबन्धन टुटेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार