Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कुखुरा फार्मसँग घुस माग्ने नायव सुव्वाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुशन्धान आयोगले कालिकोटको खाँडाचक्र नगरपालिका नगरकार्यपालिकाको कार्यालयमा कार्यरत नायव सुव्वा (नासु)विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कालिकोटको खाँडाचक्र नगरपालिका तत्कालीन नासु दिपकराज देवकोटाविरुद्ध अख्तियारले १ लाख ९७ हजार ८ सय ९५रुपैँया बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो ।

नगरपालिकाले पोल्ट्री बंगुर फार्मसँग ४२० कुखुरा उपलब्ध गराउने गरी सम्झौता गरेको थियो। तर, नायब सुब्बा देवकोटाले उक्त फार्मको नाममा

भुक्तानी लिइ चेक लुकाएर फार्मसँग घुस माग गरेको उजुरी निवेदनका आधारमा अनुसन्धान गर्दा भ्रष्टाचार गरेको पाइएकाले मुद्दा दायर गरेको अख्तियारले जनाएको छ। उनले सोही क्रममा एक लाख सन्तानब्बे हजार आठ सय रुपैयाँ हिनामिना गरेको पाइएको अख्तियारको ठहर छ।

अख्तियारका अनुसार देवकोटाले पोल्ट्री बंगुर फार्मलाई १ लाख ८० हजार १८० रुपैयाँ सम्झौताअनुसार कुखुरा चल्लाको भुक्तानी दिनुपर्नेमा उक्त रकमबाट ३० हजार १८० रुपैयाँ घुस लिएको पाइएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र ऐ.ऐ. दफा ३ को उपदफा ९१० को खण्ड (ख) बमोजिम कसुर गरेकोले ३०,१८० रुपैयाँ विगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077