Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • देउवाले भाडाको घर खोजे धुम्बाराहीमा, बिहीबार सरकारी निवास छाड्ने

    देउवाले भाडाको घर खोजे धुम्बाराहीमा, बिहीबार सरकारी निवास छाड्ने

    अनलाइन नेपाल
  • मंगलबार, १२ पुष २०७९
  • 498
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार मात्र सरकारी निवास बालुवाटार छाड्ने भएका छन् । निवर्तमान प्रधानमन्त्री देउवाले घर भाडामा लिएर धुम्बाराहीमा सर्न लागेका हुन् ।

    देउवाको सचिवालय स्रोतका अनुसार सुरूमा बूढानिलकण्ठको घर वरपर नै भाडामा घर लिन खोजिएको थियो तर नपाइएपछि धुम्बाराहीमा बस्ने निधो भएको छ । आज र भोलि घरमा डेकोरेशनको काम हुने बताइएको छ ।



    देउवाको बूढानिलकण्ठस्थित घर मर्मत तथा कोठा थपको काम भइरहेको छ । उक्त घर मर्मत गर्न करिब ४ महिना लाग्ने भएपछि देउवाले धुम्वाराहीमा भाडाको घर खोजेका हुन् ।



    कपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए। देउवाले सरकारी निवास बुधबार मात्रै छाड्ने भएकोले त्यसपछि मात्रै प्रचण्ड त्यहाँ सर्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार