Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

माधवलाई सरकारमा सहभागी हुन बामदेवको सुझाव, भन्छन् - प्रचण्डले फूलमालाले स्वागत गर्नुपर्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कम्युनिस्ट नेता बामदेव गौतमले नयाँ सरकारमा सहभागी हुन सुझाव दिएका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको भेटपछि कुराकानी गर्दै राष्ट्रिय एकता अभियानका संयोजक गौतमले प्रधानमन्त्री प्रचण्डलाई यस्तो सुझाव दिएका हुन् । उनले समाजवादीलाई वर्तमान सत्तारुढ गठबन्धनमा सामेल नगराउनु प्रधानमन्त्री प्रचण्डको भूल भएको बताए ।

उनले प्रचण्डले माधव नेपालसँग सम्मानजनक छलफल नगरी एक्लै सामेल हुनु आलोचनाको विषय भएको बताउँदै प्रचण्डले एउटा मित्रलाई सम्मानजनक व्यवहार नगरेको बताए । गौतमले एकीकृत समाजवादीलाई प्रचण्ड नेतृत्वको सरकारमा निःशर्त सहभागी हुन सुझाव दिए ।

‘संविधानलाई ट्रयाकमा ल्याउन प्रचण्ड प्रमुख भूमिकामा देखिए पनि त्यसको आधा मुटु, आधा ब्रेन, आधा शक्ति माधवकुमार नेपाल हुन् । माधवकुमार नेपाल त्यहाँबाट छुट्नु हुँदैन । प्रचण्डले उहाँलाई बोलाएर फूलमाला लगाएर गठबन्धनमा लैजानुपर्छ ।’ मंगलबार तीनकुनेस्थित एकीकृत समाजवादीको पार्टी कार्यालयमा नेपालसहित सो पार्टीका नेताहरूसँग गौतमले लामो छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077