Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

काकीको हत्या गरेको आरोपमा भतिज पक्राउ

धनुषा । धनुषामा काकीको हत्या गरेको आरोपमा भतिज पक्राउ परेका छन् ।

३० वर्षीया काकी कवितादेवी साहको हत्या गरेको आरोपमा विदेह नगरपालिका ७ का २० वर्षीय दीलिपकुमार पक्राउ परेका हुन् ।

यसअघि प्रहरीले सोमवार बेलुकी कवितादेवीको आफ्नै घरमा करेन्ट लागेर ज्यान गएको र उनकी १४ महिनाी छोरी घाइते भएको भएका थिए । तर यस घटनाको अनुसन्धान गर्दै जाँदा दीलिपले हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीको अनुसन्धान टोली घटनास्थलमा पुग्दा अनुहारमा गहिरो चोट लागेको अवस्थामा कवितादेवीको शव फेला परेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077