Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

१० लाख फिरौती माग्ने युवक धनुषाबाट पक्राउ

धनुषा । मधेस प्रदेश प्रहरीले रु १० लाख फिरौती माग्ने एक युवकलाई धनुषाबाट पक्राउ गरेको छ ।

मधेस प्रदेश प्रहरीको अनुसन्धान टोलीले रोशन कन्सट्रक्सनमा काम गर्ने राजकुमार साहसँग रु १० लाख फिरौती रकम माग गर्दै आएका एक युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनुषा जनकनन्दनी गाउँपालिका चन्हा खजुरीका अन्दाजी २५ वर्षीय कमल मण्डल रहेको अनुसन्धान अधिकृत उमाशङ्कर साहले बताए। निरीक्षक साहका अनुसार कन्सट्रक्सनमा काम गर्ने साहसँग रु १० लाख मागेको नदिए ज्यान मार्ने धम्की दिँदै आएका थिए ।

मण्डललाई विशेष सूचनाका आधारमा घरबाटै हिरासतमा लिइएको बताइएको छ । थप अनुसन्धानका लागि मण्डललाई जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077