Jul 19 2026 | २०८३, श्रावण ३ गते

19 Jul 2026 | आइतवार, श्रावण ३ गते २०८३

आइतवार, श्रावण ३ गते २०८३
images
images

उपत्यकामा आज यो वर्षकै बढी चिसो, न्यूनतम तापक्रम ३.४ डिग्रीमा झर्‍यो

काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै कम देखिएको छ। मंगलबार भन्दा आज चिसो धेरै छ । उपत्यकाको न्यूनतम तापक्रम आज एक डिग्री सेल्सियसले घटेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको तापक्रम ३.४ डिग्री सेल्सियस छ। हिजो मंगलबार साँझ ५ः४५ बजेको मापन अनुसार उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियस थियो।

हाल देशको प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रहि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू-भागमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको कारण प्रदेश १ को हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077