Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कैलालीबाट ९ किलो चरेससहित पुरुष पक्राउ

कैलाली । कैलालीमा प्रहरीले चरेससहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको दुर्गाथली गाउँपालिका–७ काँडाका ३६ वर्षीय यमराज दौल्याल रहेका छन् ।

उनलाई गोदावरी नगरपालिका वडा नम्बर २ बसपार्कमा रहेको नव‍ीन होटलबाट प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सादा पोसाकमा खटिएका प्रहरीले दौल्याललाई चरेससहित कोठा नम्बर १०१ बाट नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका दौत्यालको साथबाट ९ किलो ३४० ग्राम चरेस बरामद गरिएको प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077