Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालुवाटारमा कांग्रेस इतर समूहको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षका नेताहरु बैठक सुरु भएको छ ।

बालुवाटारस्थित नेता डा.शेखर कोइरालाको सम्पर्क कार्यालयमा अहिले बैठक बसिरहेको छ । पाँचदलीय गठबन्धन टुटेर सत्ता समीकरण फेरिएसँगै संस्थापन र इतर समूहबीच एकआपसमा घोचपेच चलिरहेको छ ।

इतर समूहको छलफलमा उपसभापति धनराज गुरुङ, डा. शेखर कोइराला, महामन्त्री गगन थापा, मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसीलगायत नेता सहभागी छन् ।

गठबन्धन टुटेपछि कांग्रेस संघदेखि प्रदेशसम्म सरकारबाट बाहिर पुगेको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसँगै कांग्रेसभित्र देखापरेको आन्तरिक संकट, प्रदेशमा संसदीय दलको नेता चयन, केन्द्रीय समितिको बैठकका एजेन्डा लगायतबारे छलफल भईरहेको छ ।

कांग्रेसले पार्टीभित्रको समस्या समाधानका लागि पुस २२ गते केन्द्रीय समिति बैठक बोलाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077