Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जसपा संसदीय दलको नेतामा यादव निर्विरोध चयन

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् ।

संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएपछि यादव निर्विरोध निर्वाचित भएका हुन् ।

यसअघि दलको नेतामा तीन जना सांसदको दाबी रहेपछि निर्वाचनबाट नेता चयन गर्ने भनेर निर्वाचन कार्यतालिका समेत तय भएको थियो ।

तर, अन्तिम समयमा सहमतिकै आधारमा दलको नेता चयन गरिएको हो । जसपामा यादवसहित संघीय परिषद् अध्यक्ष अशोक राई र नेता राजकिशोर यादवले पनि दाबी गर्दै आएका थिए ।

निर्वाचन समितिले यादव निर्विरोध घोषणा गर्न भने बाँकी नै छ । एकल उम्मेदवारी दर्ता भएका यादव बारा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077