Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

३५ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका, पहिलो दिन ५० लाख बराबरको सामान निर्यात

काठमाडौं । रसुवागढी नाकाबाट चीन तर्फको निर्यात सुरू भएको छ । करिब ३५ महिनासम्म बन्द अवस्थामा रहेको भन्सार नाकाबाट हिजो मंगलबारदेखि निर्यात सुरू भएको हो ।

विगत लामो समयदेखि स्थगित रहेको स्थलमार्गबाट चीनमा हुने नेपालको निर्यात बुधदेखि केरुङ नाकाबाट औपचारिक रूपमा पुनः सुरु भएको ल्हासास्थित महावाणिज्य दूतावासले जनाएको छ ।

चिनियाँ पक्षले २०७६ साल माघदेखि चीन तर्फको निर्यात रोकेको थियो । चीनले कोरोना भाइरसको महामारीलाई कारण देखाउँदै आफ्नो तर्फको आयात रोक्दै नेपालतर्फ हुने निर्यातमा समेत कडाई गरेको थियो ।

काठमाडौंस्थित चिनियाँ दूतावासले समेत बुधबारको कार्यक्रमको तस्बिर सार्वजनिक गर्दै चीन थप नेपाली सामानको प्रतीक्षामा रहेको जनाएको छ ।

बाँसका मुढालगायतका विभिन्न सामानले भरिएका ६ वटा कार्गो ट्रक बन्दरगाह हुँदै चीनतर्फ गएको दूतावासले जनाएको छ । मंगलबार पहिलो दिन ५० लाख नेपाली रुपैयाँ बराबरका आठ कन्टेनर सामान निर्यात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077