Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

शेखर-गगन समूहको निष्कर्ष : सभापति देउवाले एकलौटी गर्दा गठबन्धन भत्कियो

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी गरेको आरोप लगाएको छ ।

संस्थापनइतर समूहको बैठक पार्टीमा सीमित व्यक्ति हाबी भएकै कारणले गठबन्धन भत्किएको निष्कर्ष निकालेको हो ।

पार्टी सभापति देउवाले निर्णय प्रक्रियामा सल्लाह नै नगरी एकलौटी ढंगले अघि बढ्दा गठबन्धन तोडिएको संस्थापनइतर समूहको निष्कर्ष छ।

इतर समूह आगामी केन्द्रीय कार्य समिति बैठकमा देउवासँग फेस गर्ने योजनामा छ । पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा केन्द्रीय कार्यसमिति बैठकमा नै कुरा राख्ने विषयमा छलफल भएको छ ।

बालुवाटारस्थित नेता डा। शेखर कोइरालाको सम्पर्क कार्यालयमा बैठक बसेको थियो । पाँच दलीय गठबन्धन भत्किएर एमाले नेतृत्वमा नयाँ सत्तासमीकरण बनेको छ।

एमालेसहित सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भइसकेका छन्।

आजको इतर समूहको छलफलमा उपसभापति धनराज गुरुङ, डा.शेखर कोइराला, महामन्त्री गगन थापा, मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसीलगायत नेता सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077