Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कर्णालीमा संसदीय दलको नेता छान्दै एमाले

    कर्णालीमा संसदीय दलको नेता छान्दै एमाले

    अनलाइन नेपाल
  • बुधबार, १३ पुष २०७९
  • 654
    SHARES

    सुर्खेत । कर्णालीमा नेकपा एमाले संसदीय दलको नेता छान्न बैठक सुरु भएको छ ।

    कर्णाली प्रदेशसभामा एमालेको तर्फबाट संसदीय दलको नेता छान्न बैठक सुरु भएको केन्द्रीय सदस्य डम्बरबहादुर सिंहले जानकारी दिए ।



    संसदीय दलको नेताका लागि नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् प्रदेश इन्चार्ज यामलाल कँडेल र एमाले प्रदेश कमिटीका अध्यक्ष विनोदकुमार शाह आकांक्षी छन् । शाह दैलेखबाट निर्वाचित सांसद हुन् भने कँडेल सुर्खेतबाट प्रदेश सभामा निर्वाचित सांसद हुन् ।



    २०७४ को निर्वाचनमा पहिलो बनेको एमालेको नेतृत्व नेता कँडेलले आफ्नो नेतृत्वमा भने कर्णाली प्रदेश सरकार निर्माण गर्न सकेनन् । प्रदेश सभामा आफ्नो नेतृत्वको सरकार बनाउने आकांक्षाले उनले निर्वाचनमा पुनः प्रदेश सभा नै रोजेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार