Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विकास बोर्डको स्वास्थ्य बिमा पाउने पहिलाे कलाकार बने रामचन्द्र

काठमाडौं । अभिनेता रामचन्द्र अधिकारी चलचित्र विकास बोर्डले व्यवस्था गरेको स्वास्थ्य बीमाको लाभ लिने पहिलो कलाकार बनेका छन् ।

सरकारले विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गर्ने कलाकारलाई स्वास्थ्य बीमा सुविधा दिने घोषणा यसअघि गरेको थियो । जसअनुसार अधिकारीलाई बीमा कम्पनीले ४६ हजार ६०० रुपैयाँ प्रदान गर्यो ।

विशिष्ट चलचित्रकर्मी परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीहरूलाई बोर्डले विभिन्न किसिमका सुविधा प्रदान गर्ने योजनाअनुरूप स्वास्थ्य बीमाको कार्यक्रम ल्याएको थियो ।

यस कार्यक्रमअन्तर्गत विशिष्ट परिचयपत्र प्राप्त गर्ने जम्मा एक सय दुईजना चलचित्रकर्मीमध्ये ९८ जनाको बीमा गरिएको थियो ।

चालु बीमा कार्यक्रमअन्तर्गत अस्पतालमा भर्ना भई उपचार गर्नुपर्दा ६५ हजार र भर्ना नभई उपचार गर्नुपर्दा ३५ हजारसम्म गरी जम्मा एक लाख रुपैयाँ प्राप्त गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077