Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अश्लील तस्बिरमा महिलाको टाउको जोडेर चरित्र हत्या गर्ने त्योछिन पक्राउ

काठमाडौं । प्रहरीले अश्लील तस्बिरमा महिलाको टाउको जोडेर फेसबुक मेसेन्जरमा पठाउँदै चरित्र हत्या गर्ने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सामाजिक सञ्जालमा साथी बनाइ कुराकानी गर्ने र पछि चरित्र हत्या गर्ने कार्यमा संलग्न रहेको आरोपमा भक्तपुरको भक्तपुर नगरपालिका-९ बस्ने २५ वर्षीय सुमन त्योछिनलाई पक्राउ गरेको हो ।

उनले अश्लील तस्बिरमा पीडित महिलाको टाउको जोडेर पीडितलगायत आफन्तसमेतको फेसबुक मेसेन्जरमा पठाउने गरेको उजुरी परेको थियो ।

सोही उजुरीको आधारमा पक्राउ परेका उनलाई कारबाही अघि बढाउन बुधबार काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद दिइएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077