काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागी हुने निर्णय गरेको छ।
बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले न्युनतम साझा कार्यक्रममा सहमति भए सरकारमा जाने निर्णय गरेको हो ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक दिनुपर्ने, मन्त्रिपरिषद्बाट हुने विवादित निर्णय पनि अख्तियारबाट छानबिनको दायरमा ल्याउनुपर्ने लगायतका सर्त सरकारसँग राख्ने निर्णय गरिएको छ ।
यस्तै यसै वर्षबाट कृषि मल कारखाना सुरु गर्नुपर्ने लगायत विषय सम्बोधन गरे मात्रै आफूहरू सरकारमा सहभागी उनले बताए । संघीय संसद्मा १४ सिट रहेको राप्रपाले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई समर्थन गरेको छ । तर, सरकारमा सहभागी भएको छैन ।