Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

गण्डकी प्रदेशका सांसदहरु आज पद तथा गोपनियताको सपथ लिँदै

गण्डकी । आज गण्डकी प्रदेशका सांसदहरुले पद तथा गोपनियताको सपथ लिँदैछन् । प्रदेश सचिवालयका अनुसार आज दिउँसो १ बजे सपथ ग्रहण हुनेछ।

मंसिर ४ गते सम्पन्न भएको निर्वाचनबाट निर्वाचित सांसदहरुलाई प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सपथ ग्रहण गराउने भएका छन्।

पर्वत प्रदेश सभा २ बाट नेकपा एमालेका तर्फबाट निर्वाचित ६५ वर्षीय बस्याललाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबा पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए।

६० सदस्यीय प्रदेश सभामा कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका ८, राप्रपाको २ र एकीकृत समाजवादीका एक जना सांसद रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077