Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राप्रपा केन्द्रीय कार्यसमितिको पूर्ण बैठक फागुन पहिलो साता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फागुनको पहिलो साता केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो ।

पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकले पौष २७ गते पृथ्वी जयन्ती देशका सबै जिल्ला कार्यसमितिको आयोजनामा विभिन्न कार्यक्रम गरी मनाउने निर्णय पनि गरेको छ ।

सो दिन काठमाडौंको भृकुटीमण्डपबाट र्‍याली निकाल्ने निर्णय पनि पार्टी बैठकले गरेको छ । बैठकले प्रदेश सभा संसदीय दललाई नीतिगत र राजनीतिक निर्णय गर्नुअघि पार्टी केन्द्रसँग समन्वय गर्न निर्देशन पनि दिएको छ ।

यस्तै सत्ता साझेदार दल समेत रहेको राप्रपाले शर्तसहित सरकारमा सहभागी हुने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077