Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • गठबन्धनको बैठक लगत्तै प्रधानमन्त्रीसहित शीर्ष नेताहरू शीतल निवास जाँदै

    गठबन्धनको बैठक लगत्तै प्रधानमन्त्रीसहित शीर्ष नेताहरू शीतल निवास जाँदै

    अनलाइन नेपाल
  • बिहिबार, १४ पुष २०७९
  • 435
    SHARES

    काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको आजको बैठक सकिएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो । मन्त्रिपरिषद् विस्तार, मन्त्रालयको भागबन्डालगायत विषयमा छलफल गर्न बैठक बसेको थियो ।



    बैठकपछि प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राष्ट्रपतिको कार्यालय शीतलनिवास जाँदै छन् ।



    आज शीतलनिवासमा नवनियुक्त महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलको शपथग्रहण कार्यक्रम रहेकाले त्यसमा सहभागी हुन उनीहरू जान लागेका हुन् ।

    बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार