Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध मुद्धा दायर गरेको छ ।

आयोगले सर्लाहीको कविलासी नगरपालिका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्याम किशोर राय, इन्जिनियर रामविनय प्रसाद यादव, सव इन्जिनियर उमेश कुमार दास,

अधुरो रामजानकी मन्दिर निर्माण कार्य उपभोक्ता समितिका अध्यक्ष रामभरोसी मण्डल धानुक, सचिव बालमेश्वर साह कलवार र कोषाध्यक्ष रिना कुमारीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो ।

कविलासी नगरपालिका - ८ स्थित अधुरो रामजानकी मन्दिर निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी कार्य भएको गलत बिल बनाई ९७ हजार ८४० रुपैयाँ बढी भुक्तानी दिएको अभियोगपत्रमा उल्लेख छ ।

आर्थिक वर्ष २०७६÷०७७ मा अधुरो रामजानकी मन्दिर निर्माण कार्यमा फिल्डमा कम काम भएकोमा बढी काम भएको भनी नापी किताबमा मूल्याङ्कन गरी चढाएको तथा ठेक्का बिल र कार्यसम्पन्न प्रतिवेदन

तयार गरी सिफारिससमेत गरी फिल्डमा वास्तविक रुपमा भएको कार्यभन्दा बढी मूल्याङ्कन गराई भुक्तानी माग गर्ने र कार्य सम्झौताविपरीत कार्यसम्पन्न भएको भनी मुद्दा दर्ता गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077