Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बीपीका पदाधिकारीलाई स्वास्थ्य मन्त्रालयको २४ घण्टे स्पष्टीकरण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार र अस्पताल निर्देशकलाई स्पष्टीकरण सोधेको छ ।

मन्त्रालयले काठमाडौको महाराजगञ्जस्थित बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका निर्देककलाई पनि २४ घण्टाभित्र स्पष्टीकरण माग गरेको छ ।

आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासमा सञ्चालित विकास कार्यक्रम र आयोजनाहरुको समीक्षा बैठकमा प्रतिष्ठानका पदाधिकारी उपस्थित नभएको भन्दै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार र अस्पताल निर्देशकसँग स्पष्टीकरण माग गरेको हो ।

‘उपसमितिजस्तो महत्वपूर्ण बैठकमा के कति कारणले उपस्थित हुन नसकेको हो ? सो को स्पष्टीकरण पत्र प्राप्त भएको २४ घण्टाभित्र पठाउन मन्त्रालयको सचिव स्तरको निर्णयअनुसार जानकारी गराइन्छ ,’ मन्त्रालयको पत्रमा भनिएको छ ।

हेर्नुहोस् पत्र

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077