Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लमजुङमा जीप दुर्घटना : एक जनाको मृत्यु, ८ घाइते

लमजुङ । लमजुङमा बोलेरो जीप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्लाको मर्स्याङदी गाउँपालिका-८ भुलभुलेमा ग३च ८३६१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा ४५ वर्षीया भीमकुमारी तामाङको मृत्यु भएको हो ।

बेंसीशहरबाट भुस्मे जाँदै बोलेरो भुलभुले सुरुङ मार्ग नजिकै उकालोमा चढ्ने क्रममा ६ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

जीपमा सवार दुई जना गम्भीर घाइते र ६ जना मध्यम घाइते भएका छन्। घाइतेको लमजुङ जिल्ला अस्पताल बेंसीसहरमा उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077