Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रसिया हुँदै युक्रेनमा मानव तस्करी गर्ने दुईजना पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । रसिया हुँदै युक्रेनमा मानव तस्करी गरेको अभियोगमा पक्राउ परेका दुईजना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला अदालत काठमाडौंको आदेशपछि दाङ लमही नपा– ६ का ४७ वर्षीय दिनेशकुमार चौधरी र सिन्धुपाल्चोक चौतारा नपा–१० का २३ वर्षीय रुपेश ढकाललाई सुन्धारा जगन्नाथ देवलस्थित केन्द्रीय कारागार पठाइएको हो ।

प्रहरीका अनुसार उनीहरूले युरोपियन मुलुक चेक रिपब्लिकमा सिपगार्डको काम लगाइदिने प्रलोभनमा पीडितसँग रकम उठाएका थिए । त्यसपछि उनीहरुले रसिया पुर्याएर अलपत्र पारेका थिए ।

नेपाल फर्केका पीडितले जाहेरी दिएपछि मानव बेचबिखन अनुसन्धान ब्युरोले चौधरी र ढकाललाई गत १५ र १६ मंसिरमा पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077