Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डेमाथि छानविन सुरू, तीन सदस्यीय समिति गठन

काठमाडौं । महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोप लागेका काठमाडौं नगर प्रहरी प्रमुख राजु पाण्डेमाथि छानबिन थालिएको छ । प्रहरी हवल्दार गंगा उप्रेतीले आफूलाई सुत्केरी हुँदा पाण्डेले दुर्व्यवहार गरेको उजुरी दिएपछि त्यसमाथि छानबिन गर्न लागिएको हो ।

प्रमुख पाण्डेविरुद्ध उजुरी परेपछि तीन सदस्यीय छानविन समिति गठन भएको हो । पाण्डेमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ ।

महानगरपालिका सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोखरेल संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको महानगरले जनाएको छ । सात दिनभित्र पाण्डे माथि छानविन गरेर समितिले प्रमुख प्रशासकीय अधिकृत समक्ष प्रतिवेदन बुझाउनुपर्ने छ ।

पाण्डेले सुत्केरी अवस्थाकी महिला नगर प्रहरी हवल्दारको चरित्रमाथि औंला उठाउने गरेको र तथानाम गाली गर्दै ‘तैले मेरो बच्चा पाको होस् र ? जागिर खान मन भए बच्चा घरमै छोडेर आउने, मन नभए राजीनामा दिनू’ भनेर दुर्व्यवहार गरेको आरोप पीडित पक्षको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077