Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आजको मौसम : तराईमा हुस्सु, हिमाली भेगमा हिमपात

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जसकारण तराईमा बाक्लो हुस्सु लाग्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रवार बिहानै देखि काठमाडौँ लगायतका क्षेत्रको आकाश धुम्मिएको छ । दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको विज्ञप्तिमा उल्लेख छ । उपत्यकाको न्यूनतम तापक्रम केही दिनअघिको भन्दा बढेको छ । तर अधिकतम तापक्रम लगातार घटिरहेको छ ।

अस्ति १७ दशमलव ४ डिग्री सेल्सियस रहेको काठमाण्डौको अधिकतम तापक्रम हिजो १६ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077