Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मकवानपुरमा ट्रकले माेटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु

हेटौंडा। मकवानपुरमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको ना ७ ख १३५२ नम्बरको सिमेन्ट लोड गरेको ट्रकले सोहि दिशातर्फ जाँदै गरेको ना २२ प ९९७७ नम्बरको मोटरसाईकललाई धरानचतरा सडकखण्ड अन्तर्गतको बकैया–५ तीनतलेमा ठक्कर दिंदा दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाईकल चालक हेटौंडा-१८ फुर्केचौरका ३० वर्षीय विक्रम भम्जनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सबार ३५ वर्षीय हिरामाया लोप्चन तथा ट्रकमा सबार २०-२५ वर्षका नाम नखुलेका पुरुष गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूकाे हेटाैँडा अस्पतालमा उपचार भइरहेकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077