Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेशसभाका ज्येष्ठ सदस्य रावलले लिए शपथ

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले प्रदेश प्रमुख देवराज जोशीबाट शपथग्रहण गरेका छन् ।

रावलले शुक्रबार बिहान प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा शपथ ग्रहण गरेका हुन् ।

रावलले अब प्रदेशसभा भवनमा अन्य प्रदेशसभा सदस्यहरुलाई शपथ खुवाउने छन् ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १९ सांसद् छन्।

यस्तै, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ३, राप्रपाका १ र स्वतन्त्र १ जना सांसद् छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077