Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रदेश १ राप्रपा संसदीय दलको नेतामा सिटौला चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश १ संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौला चयन भएका छन्।

शुक्रबार बसेको दलको बैठकले पार्टीको केन्द्रीय प्रवक्तासमेत रहेका सिटौलालाई सर्वसम्मत चयन गरेको हो ।

राप्रपा केन्द्रीय समितिका प्रवक्तासमेत रहेका सिटौला झापा ४ को प्रदेश क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका सांसद हुन्।

प्रदेशमा राप्रपाबाट प्रत्यक्ष निर्वाचित दुई जना र समानुपातिकबाट निर्वाचित ४ गरी ६ जना सांसद छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077