Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेश प्रदेशमा माओवादी केन्द्रका २ सांसदलाई शपथग्रहणमा सर्वाेच्चले लगायाे राेक

काठमाडाैं । मधेस प्रदेशका २ जना प्रदेश सांसदलाई शपथमा सर्वोच्च अदालतले रोक लगाएको छ ।

संसद् सचिवालयका अनुसार महोत्तरी रजी हैदर र सप्तरीका मालाकुमारी कर्णलाई सर्वोच्चले सांसदको काम कारबाहीमा रोक लगाएको हाे ।

माओवादीले पठाएको बन्दसूचीअनुसार निर्वाचन आयोगले निर्वाचित नगरेको भन्दै सर्वोच्चमा मुद्दा दायर भएको र सर्वोच्चले तत्काल रजी र मालाकुमारीलाई शपथ नगराउन पत्र पठाएको सचिवालयले जनाएको छ ।

मधेश प्रदेशमा माओवादी केन्द्रबाट दुई जनासहित धनुषाबाट सुनिता यादव र शारदा दास (पहाडी) निर्वाचित भएका थिए । कर्ण सप्तरी र हैदर महोत्तरीबाट निर्वाचित थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077