Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नीलगाई काटेर मासु भागबण्डा लगाउँदै गरेका तीनजना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा वन्यजन्तु मारेर भाग लगाउँदै गरेको अवस्थामा तीनजना पक्राउ परेका छन् ।

जिल्लाको यशोधरा गाउँपालिका –८ सिंहखोरमा शुक्रबार बाणगङ्गा नदीको बगरमा २५ किलो गाईको मासुसहित उनीहरु पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पक्राउ पर्नेमा स्थानीय जमिल अहमद चौधरी, कपिलवस्तु नगरपालिका –२, पडेरियाका मोहम्द इमरान र नसुल्ला मुसलमान छन् ।

उनीहरूलाई प्रहरी चौकी मर्यादापुरका वरिष्ठ सई गगन शाहीको कमाण्डमा गएको टोलीले पक्राउ गरेको थियो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077