Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

इन्गेजमेन्ट टुटेपछि आत्मदाह प्रकरण : अभियुक्त सुधन संग्रौला जेल चलान

काठमाडौं । आत्महत्या दुरुत्साहन मुद्दामा सुधन संग्रौला जेल चलान भएका छन् । बानेश्वरकी २६ वर्षीया पुष्पा न्यौपानेले आत्मदाह गरेको प्रकरणमा जिल्ला अदालत काठमाडौंले संग्रौलालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

काठमाडौं-१० बानेश्वर बुद्धनगर बस्ने २७ वर्षीय पुष्पाको काठमाडौं-४ धुम्बाराहीका सुधनसँग गत भदौ १८ गते इन्गेजमेन्ट भएको थियो ।

उनीहरूबीच गत माघदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ । न्यौपानेले गएको मंसिर १८ गते साँझ धुम्बाराहीस्थित सुधन संग्रौलाको घरको गेटैमा पुगी पेट्रोल खन्याएर आत्मदाह गरेकी थिइन् ।

झापा पुर्ख्यौली घर भएका सुधन र पुष्पाबीच विवाह गर्ने भनेर टीकाटालो समेत भएको थियो । १७ गते सुधनको परिवारले सुपारी फिर्ता गरी एकतर्फी रूपमा इन्गेजमेन्ट तोडेका थिए । त्यसको भोलिपल्टै पुष्पाले आत्मदाह गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077