Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

फुटबल इतिहासकै कीर्तिमानी तलबमा रोनाल्डो साउदी क्लबसँग अनुबन्ध

काठमाडौं । पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो आधिकारिक रुपमा साउदी क्लब अल नासरमा अनुबन्धित भएका छन्।

उनी सन् २०२५ सम्मका लागि उक्त क्लबमा अनुबन्धित भएका हुन् । कतारमा आयोजित विश्वकपअघि म्यानचेस्टर युनाइटेड र रोनाल्डो उनीहरुबीचको सम्झौता रद्द गर्न तयार भएका थिए। त्यसपछि उनी फ्रि एजेन्टको रुपमा थिए ।

रोनाल्डो फुटबल इतिहासकै कीर्तिमानी तलबमा साउदी क्लबमा जोडिएका हुन्। उनले यो क्लबमा रहँदा वार्षिक १७ करोड ७० लाख पाउण्डभन्दा धेरै रकम पाउने बताइएको छ ।

३७ वर्षीय रोनाल्डोले फरक मुलुकमा नयाँ लिगको अनुभव बटुल्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077