काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जसकारण आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली र तराईका केही भू–भागमा हुस्सु/कुहिरो लागेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस्तै आज बिहान उपत्यकाको न्यूतनम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ । गएको बुधवार काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव १ डिग्री सेल्सियस थियो । यसैबीच तराई–मधेसमा बढ्दै गएको चिसोले जनजीवन प्रभावित बनेको छ ।