Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • त्रिभुवन विश्वविद्यालयमा आजदेखि जाडो बिदा

    त्रिभुवन विश्वविद्यालयमा आजदेखि जाडो बिदा

    अनलाइन नेपाल
  • आइतबार, १७ पुष २०७९
  • 771
    SHARES

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आजदेखि जाडो बिदा दिएको छ ।

    त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा आजदेखि हिउँदे बिदा भएको हो ।



    त्रिवि कार्यकारी परिषद्ले पुस १७ गतेदेखि बढीमा २२ दिन हिउँदे बिदा गर्ने निर्णय गरेको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए ।



    उनले बिदाको समयमा पठनपाठन बन्द भए पनि प्रशासनिक कार्य सञ्चालन हुने बताए ।

    हिउँदे बिदाको समयमा तोकिएका परीक्षा भने नियमित सञ्चालन हुनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार