काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।
जसकारण आज बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
त्यस्तै, पश्चिम तराई र मध्य तथा पूर्वीतराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
त्यस्तै, प्रदश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। त्यस्तै, देशको हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तै काठमाडौंको अधिकतम् तापक्रम लगातार घट्न थालेको छ । आज न्यूनतम् तापक्रम ४ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । हिजो ४ डिग्री सेल्सियस थियो ।